Sunday, December 11, 2011

मुख्य समाचार» साना सिलिन्डरको बिगबिगी लोकमणि राई काठमाडौ, मंसिर २ - हालैको एक बिहान १० बजेतिर कपिलवस्तुको चन्द्रौटास्थित ओमकार सप्लायर्सको ग्यास डिपोमा सञ्चालक ओमकार गुप्ता सँगैको अर्को पसलमा गफिइरहेका थिए । यो संवाददाता उनको डिपोमा पुगेपछि गुप्ता आए र सोधे, 'के चाहियो होला ?' 'पाँच केजीका साना सिलिन्डर,' मैले भनें । साहूजीले मलाई खुट्टादेखि टाउकोसम्म नियाले । अनि सोधे, 'कहाँदेखि आउनुभएको हो ? के काम गर्नु हुन्छ ?' 'पर्यटन व्यवसायी,' मैले आफ्नो परिचय अर्कै दिएँ र भनें, 'साना सिलिन्डर । पदयात्रामा असाध्यै उपयोगी हुन्छ । महेन्द्रनगर घुम्न आएका बेला भेटिए किनेर लैजाने सोच छ ।' 'कति पिस चाहिएको होला ?,' गुप्ता अब कारोबारमा उत्रिए । घटना कात्तिक २२ गतेको हो । मसँगै रहेका अर्का 'छद्म पर्यटन व्यवसायी' र खासमा ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले भाउ मिले कम्तीमा ४० पिस लैजाने बताए । उनले सिलिन्डर हेर्न चाहेको बताएपछि गुप्ताले कार्टुनभित्र लुकाएका दुईवटा साना सिलिन्डर निकालेर देखाए । 'साढे १४ सयमा बेच्दै आएको हो, सरहरूले धेरै लाने हो भने मिलाएर दिन्छु,' उनले भने । मोलतोल गर्दै जाँदा उनी प्रतिसिलिन्डर ९ सय ५० रुपैयाँसम्म दिन तयार भए । 'सिलिन्डरमा कसरी ग्यास भर्ने नि ?,' हामीले सोध्यौं । जवाफमा गुप्ताले हाल प्रचलनमा रहेको सिलिन्डरबाट ग्यास चोरेर साना सिलिन्डरमा भर्न प्रयोग गरिने पित्तलको उपकरण निकाले । 'यो सरहरूलाई ७० रुपैयाँसम्ममा दिन्छु,' उनले भने । महेन्द्रनगर पुगेर फर्किंदा सिलिन्डर लैजाने बताएपछि उनले केही रकम पेस्की छाड्न अनुरोध गरे । हामी सिलिन्डरको भाउ अन्त पनि बुझ्छौं भन्दै बाटो लाग्यौं । 'मनकामना' र 'भेरी' ग्यासका चन्द्रौटास्थित अधिकृत बिक्रेतासमेत रहेका गुप्ता अवैध साना सिलिन्डरको कारोबार गर्ने थुप्रैमध्येका एक हुन् । झन्डै एक दशकअघि छिटफुट रूपमा देखिए पनि केही वर्षयता अवैध साना सिलिन्डरको कारोबार व्यापक भएको छ । प्रायः पाँच किलो ग्यास क्षमताका -फाट्टफुट्ट २/३ किलोका) साना सिलिन्डरको कारोबार गर्न सरकारले अनुमति दिएको छैन । अर्यालका अनुसार बजारमा भने कम्तीमा दुईदेखि बढीमा पाँच लाखसम्म साना सिलिन्डर छन् । यी सबै राजस्व छलेर आएका हुन् । सुरक्षा मापदण्ड पूरा नगरी बनाइएकाले यी सिलिन्डर खतरापूर्ण पनि छन् । यस्ता सिलिन्डरमा बोटलिङ प्लान्टले ग्यास भरिन्न । प्रचलनमा रहेका ठूला सिलिन्डरमा १४.२ किलो ग्यास क्षमताका छन् । 'हामीले १४.२ केजी ग्यास अटाउने सिलिन्डरलाई मात्र कारोबारको स्वीकृति दिएका छौं,' आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद ढुंगेलले भने, 'त्यसबाहेकका सिलिन्डरको कारोबार अवैधानिक हो ।' चन्द्रौटाकै राकेश राना साना सिलिन्डरको कारोबार गर्ने अर्का व्यवसायी हुन् । कोसी ग्यासका अधिकृत बिक्रेता उनी ओम गिफ्ट एन्ड ग्यास सप्लायर्सका सञ्चालक हुन् । धेरै सिलिन्डर बिक्री हुने प्रलोभनमा रानाले पनि हामीलाई साना सिलिन्डरमा ग्यास भर्न सिकाए । ठूलो सिलिन्डरको ग्यास निकालेर सानोमा भरेर बेच्दा बजारमा जाने ठूलो सिलिन्डरमा ग्यासको तौल कम हुने गरेको व्यापक जनगुनासो रहेको ग्यास बिक्रेता महासंघका सचिव चन्द्र थापाले बताए । 'तराई क्षेत्रका केही बिक्रेताले ग्यास चोरेर साना सिलिन्डरमा बेचेको महासंघले फेला पारेको छ,' उनले भने । गुप्ता र रानाको पसल चन्द्रौटा इलाका प्रहरी कार्यालयबाट १ किलोमिटरभन्दा टाढा छैनन् । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी कमलेश्वरकुमार सिन्हाले त्यसबारे आफूलाई जानकारी नै नभएको बताए । 'कतैबाट उजुरी नआएकाले बजारमा अवैध साना सिलिन्डर छन् भन्ने नै थाहा छैन,' उनले भने, 'तपाईंले जानकारी दिनुभयो, सोमबारदेखि साना सिलिन्डरविरुद्ध अभियान चलाउँछु ।' काठमाडौं फर्केपछि मैले फोन गरेर आफ्नो वास्तविक परिचय खुलाउँदै किन अवैध सिलिन्डर बेचेको भनी चन्द्रौटाका गुप्तालाई सोधें । जवाफमा उनले भने, 'गरिब विद्यार्थीले बढी माग गर्ने भएकाले अवैध भए पनि साना सिलिन्डर राखेको हो । त्यही पनि २/४ पिसमात्र ल्याएको हुँ ।' उनले त्यस्ता सिलिन्डर आफूले तौलिहवाको राजन टेन्ट हाउसबाट किन्ने गरेको र यो कारोबारमा लागेको ३/४ महिनामात्र भएको बताए । चन्द्रौटामा मात्र होइन, चितवन र त्यसदेखि पश्चिम भारतसँग सीमा जोडिएका सबै जिल्लामा अवैध साना सिलिन्डरको ठूलो परिमाणमा कारोबार भइरहेको छ । त्यसो गर्नेमा चितवन, नारायणगढको बेलचोकस्थित कृष्णप्रसाद सापकोटाद्वारा सञ्चालित प्रेमकृष्ण ग्यास सप्लायर्स र जुन सिनेमा हल पछाडिको अमृत तिवारीद्वारा सञ्चालित चितवन ग्यास सप्लाइ सेन्टर छन् । स्थानीय व्यवसायीले दिएको सूचनाअनुसार शैलेन्द्र केसीद्वारा सञ्चालित न्यु चितवन ग्यास, बेलचोकस्थित यूपी सप्लायर्स र बालकुमारी चोकस्थित शुभश्री भाँडा पसल नारायणगढ क्षेत्रका अवैध सिलिन्डरका ठूला कारोबारकर्ता हुन् । बेलचोकका सापकोटाले पनि चितवनमा साना सिलिन्डर व्यापक मात्रामा भएको स्विकारे । उनले भने, 'तर २ महिना अगाडिमात्र यो व्यवसायमा आएकाले साना सिलिन्डर अवैध भन्ने जानकारी थिएन । अब ती सिलिन्डर बेच्दिनँ ।' व्यवसायीहरू भारतबाट आयात गरिने अवैध सिलिन्डरमा आफैं ग्यास भर्छन् । चितवन ग्यासका सञ्चालक तिवारीले अवैध सिलिन्डरको कारोबार छाड्ने बताए । 'थाहा भयो, अब अवैध सिलिन्डरको कारोबार गर्दिनँ,' उनले भने । बुटवलको मैत्रीपथस्थित विक्रम भण्डारीद्वारा सञ्चालित पेरोंहा भण्डारी स्टोर्स, धनगढी र नेपालगन्जका नामविहीन भाँडा पसल र महेन्द्रनगरस्थित वीरेन्द्रनाथ योगीद्वारा सञ्चालित सिद्धनाथ ग्यास पसल साना सिलिन्डरका अन्य केही कारोबारकर्ता हुन् । भण्डारीले भैरहवा र बुटवलमा साना सिलिन्डरको कारोबार गर्ने थुप्रै व्यवसायी रहेको बताए । गैरकानुनी भएकाले प्रायःजसो व्यवसायी साना सिलिन्डर लुकाएर राख्छन् । आवश्यक परेपछि मात्र ग्राहकलाई देखाउँछन् । धनगढीस्थित न्यु सेती ग्यास ट्रेडर्सका सञ्चालक सञ्जय ढलले जिल्ला प्रशासनले रोक लगाएपछि साना सिलिन्डरको कारोबार छाडेको बताए । 'तर यहाँ साना सिलिन्डरको कारोबार हुन्छ,' उनले भने । उनको सूचनाका आधारमा त्यहाँको एउटा स्थानीय पसलमा पुग्दा उक्त पसल बन्द थियो । सुरक्षामा खतरा साना सिलिन्डर अवैधमात्र होइन, सुरक्षाका हिसाबले खतरापूर्ण छन् । करिब १ वर्षअघि काठमाडौंको सामाखुसीस्थित सूर्यमान डंगोलको नामविहीन ग्यास डिपोमा लिकेज भएको साना सिलिन्डरका कारण आगलागी भएको थियो । सचिव थापाका अनुसार डंगोल अहिले डिपो बन्द गरेर टोखास्थित घरमा बसोबास गर्छन् । डंगोलसँग सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् । महासंघ अध्यक्ष अर्यालका अनुसार डेढ/दुई वर्षअघि स्याङ्जामा फास्टफुड बेच्ने ठेलामा साना सिलिन्डर पडकिएको थियो भने सोही जिल्लामा साना सिलिन्डर पडकिएर एक जना मोटरसाइकल चालक घाइते भएका थिए । 'साना सिलिन्डर अवैध भएकाले कानुनी कारबाहीमा पर्ने भयले यस्ता घटना सार्वजनिक हुँदैनन्,' उनी भन्छन्, 'कुनै मापदण्ड पूरा नगरी हातले बनाएका हुनाले साना सिलिन्डर कुन बेला पडकन्छ भन्न सकिन्नँ,' उनले भने । उनका अनुसार सिलिन्डर तयार भएपछि ६ सय डिग्री सेन्टिग्रेडको तापक्रममा 'हिट टि्रटमेन्ट' गर्नुपर्छ । मिति गुजि्रएर दुर्घटना नहोस् भनेर हरेक ५/७ वर्षमा सिलिन्डरको हाइड्रो स्टेटिक परीक्षण अनिवार्य छ । 'तर नेपाली बजारमा भएका साना सिलिन्डरको हिट टि्रटमेन्ट र हाइड्रो स्टेटिक परीक्षण गरिएको छैन,' उनले भने, 'ती सिलिन्डर गुणस्तरहीन पाताबाट भारतका कालिगढले हातैले बनाएका हुन् ।' उनका अनुसार ती सिलिन्डर जफत नगरे घर-घरमा बमजस्तो पडकने दिन टाढा छैन । सचिव थापाले गुणस्तरहीन साना सिलिन्डर तत्काल जफत गरी उपभोक्ताको जनधनको सुरक्षा गर्नु सरकारको दायित्व भएको बताए । 'हामीकहाँ दुर्घटना भएपछि अनुसन्धान गर्ने गलत परिपाटी छ,' उनले भने, 'साना सिलिन्डरको हकमा यस्तो परिपाटी आत्मघाती हुन्छन् ।' राज्य र उपभोक्तामाथि ठगी साना सिलिन्डरको कारोबारबाट प्रतिकेजी ग्यासमा उपभोक्ता करिब १७ रुपैयाँदेखि ५७ रुपैयाँसम्म ठगिइरहेका छन् । हाल बजारमा प्रतिकेजी ग्यासको ९३ रुपैयाँ ३१ पैसा पर्छ । तर उपभोक्ताले साना सिलिन्डरमा ग्यास भर्दा प्रतिकेजी ग्यासको कम्तीमा १ सय १० रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म तिरिरहेका छन् । चन्द्रौटाका राना र गुप्ताले प्रतिकेजी ग्यास १ सय १० रुपैयाँमा भर्ने बताए भने बुटवलका भण्डारीले ४ केजी ग्यास भरेको ६ सय रुपैयाँ लिने बताए । गुप्ताका अनुसार भारतमा एउटा साना सिलिन्डरको मूल्य ४ सय ५० नेपाली रुपैयाँ पर्छ । यस हिसाबले साना सिलिन्डरको दाममा पनि उपभोक्ता ठगिएका छन् । चन्द्रौटाका रानाले ठूलो परिमाणमा खरिद गर्दा रोशन बजाज ब्रान्डको प्रतिसिलिन्डर ९ सय ५० रुपैयाँमा दिन सकिने बताए । महेन्द्रनगरका योगीले सोही ब्रान्डको प्रतिसिलिन्डर १ हजार ४ सय ५० रुपैयाँ लिने बताए भने बुटवलका भण्डारीले २ हजार ६ सय ५० रुपैयाँबाट एक पैसा नघट्ने उल्लेख गरे । भण्डारीले आईएसओ गुणस्तर चिह्न पाएको दाबी गर्दै केब्सन ब्रान्डको भारतीय सिलिन्डर किन्न आग्रह गरे । उक्त सिलिन्डरको दाम उनले ६ हजार ५ सय रुपैयाँ तोकेका रहेछन् । 'केब्सन ब्रान्डको सिलिन्डर नातिका पालासम्म खप्छ र सुरक्षित छ,' उनले भने, 'तर रोशन बजाजको सिलिन्डर पडकन सक्ने भएकाले सुरक्षाको जिम्मा लिन्नँ,' उनले भने । भण्डारीले ६ हजार ५ सय रुपैयाँ मूल्य तोकेको केब्सन ब्रान्डको सिलिन्डर भने नारायणगढस्थित तिवारीको पसलमा ४ हजार ५ सय रुपैयाँमा पाइने रहेछ । उनले सोनी बजाज ब्रान्डको सिलिन्डर २ हजार ४ सय ५० रुपैयाँमा बेच्दै आएका छन् । महेन्द्रनगरका योगीले राम्सा र इन्सा बजाज ब्रान्डका सिलिन्डर १ हजार ४ सय ५० रुपैयाँमा बेचिरहेका छन् । त्यसबाहेक नेपालगन्जस्थित नामविहीन दुई पसलमा प्रेस्टाज बजाज र ओरिजिनल रिलायन्स ब्रान्डका ५ केजीका सिलिन्डर पाइन्छन् । ती सिलिन्डर बाँके प्रशासनले गरेको अनुगमनका बेला फेला परेका हुन् । बाँके प्रशासनले अघिल्लो साता ती पसलका कामदारलाई साना सिलिन्डर हटाउन र सञ्चालकलाई स्पष्टीकरण पठाउन मौखिक निर्देशनमात्र दिएको छ । नारायणगढको बेलचोकस्थित सापकोटाको पसलमा फेमस इन्डिया प्लेम ब्रान्डका ३ केजीका साना सिलिन्डर फेला परे । उनले ५ केजीका सिलिन्डर भारतबाट आउने क्रममा रहेको बताउँदै केही दिनमा सम्पर्क गर्न भने । नेपालगन्जमा ओरिजिनल रिलायन्स ब्रान्डको २ केजीका र चन्द्रौटामा ब्रान्ड उल्लेख नभएका ३ केजी र २ केजीका सिलिन्डर कारोबार भइरहेको फेला पर्‍यो । अवैध साना सिलिन्डरका कारण ठूलो परिमाणमा राजस्व पनि गुमेको छ । महासंघका अनुसार नेपालमा कम्तीमा ४ सय ५० रुपैयाँ पर्ने २ लाख साना सिलिन्डर छन् । सरकारले सिलिन्डरमा ३३ प्रतिशत राजस्व लिन्छ । यस हिसाबले साना सिलिन्डरका कारण कम्तीमा ९० लाख रुपैयाँ राजस्व गुमेको छ । Link: http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=256681
Link : http://202.166.193.41/epaperhome.aspx?issue=19112011
Link: http://202.166.193.41/epaperhome.aspx?issue=19112011

सरकारी संस्थान द्वैध नेतृत्वको मारमा 9 Dec 2011

Friday, July 1, 2011

Thursday, May 5, 2011



http://epaper.ekantipur.com/showtext.aspx?boxid=23250906&parentid=13857&issuedate=652011


http://epaper.ekantipur.com/showtext.aspx?boxid=23439140&parentid=13858&issuedate=652011


http://epaper.ekantipur.com/showtext.aspx?boxid=21315984&parentid=13850&issuedate=652011

Monday, May 2, 2011





http://epaper.ekantipur.com/showtext.aspx?boxid=1240468&parentid=13772&issuedate=252011
alt=""id="BLOGGER_PHOTO_ID_5602026007927877522" />

http://epaper.ekantipur.com/showtext.aspx?boxid=1138843&parentid=13772&issuedate=252011

Thursday, April 28, 2011

Wednesday, April 20, 2011




http://epaper.ekantipur.com/showtext.aspx?boxid=1525762&parentid=13546&issuedate=2142011

Monday, April 18, 2011




http://epaper.ekantipur.com/showtext.aspx?boxid=5324610&parentid=13496&issuedate=1942011


http://epaper.ekantipur.com/showtext.aspx?boxid=24741234&parentid=13482&issuedate=1842011

Monday, March 28, 2011



2067-12-12 Saturday



2067-12-11 Friday

Friday, March 18, 2011

Thursday, March 17, 2011

Tuesday, March 8, 2011

Tuesday, March 1, 2011

Sunday, February 27, 2011



http://epaper.ekantipur.com/showtext.aspx?boxid=2180156&parentid=12404&issuedate=2822011


http://epaper.ekantipur.com/showtext.aspx?boxid=22113671&parentid=12402&issuedate=2822011

Thursday, February 24, 2011

Tuesday, February 15, 2011



http://202.166.193.41/showtext.aspx?boxid=2111531&parentid=12094&issuedate=1322011

Sunday, February 13, 2011

कलाकारलाई करको करकर




Link: http://epaper.ekantipur.com/epaperhome.aspx?issue=1322011