Sunday, August 29, 2010

अनमिनलाई 'प्राबिधिक ईकाईमा' सिमित राख्न सुझाब



http://epaper.ekantipur.com/showtext.aspx?boxid=133513359&parentid=8625&issuedate=2982010

PUBLISHED DATE:- 2067-05-13

एमआरपी ओबर्थर नै ५८ दिनमा पाउने




http://202.166.193.41/showtext.aspx?boxid=172219640&parentid=8605&issuedate=2882010

PUBLISHED DATE:- 2067-05-12

Friday, August 27, 2010

महासभा अध्यक्षका लागि पहल तीव्र

काठमाडौ, भाद्र ११ - सरकारले राष्ट्रसंघीय महासभा अध्यक्ष पदमा आफ्नो उम्मेदवारलाई जिताउन रणनीतिक पहल तीव्र पारेको छ । सरकार सार्क राष्ट्रमा नेपालका तर्फबाट महासभा अध्यक्ष पदमा प्रस्तावित उम्मेदवार कुलचन्द्र गौतमलाई सर्वसम्मत बनाउने प्रयासमा लागेको छ ।

त्यसपछि सरकारले गौतमको उम्मेदवारी एसियामै सर्वसम्मत बनाउने प्रयत्न गर्नेछ । त्यसका लागि नेपालले उक्त पदको अर्को प्रत्यासी एसियाली मुलुक कतारलाई उम्मेदवारी फिर्ता गराउन पहल गर्नेछ ।

यसबारे प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार र बिहीबार नेपालस्थित सार्क राष्ट्रका राजदूतसँग परामर्श गरेका छन् । प्रधानमन्त्री नेपालले बुधबार नेपालका लागि भारतीय राजदूत राकेश सुद र बिहीबार श्रीलंकाका राजदूत थोसापाला हेवगे र पाकिस्तानी राजदूत महामहिम सैयद अब्बर हुसेन र बंगलादेशी राजदूत इम्तियाज अहम्मदसँग छुट्टाछुट्टै परामर्श गरे ।

प्रधानमन्त्रीले ती राजदूतहरूसँग एसियाली मुलुकका तर्फबाट नेपालले पहिलो पटक महासभाको अध्यक्षमा उम्मेदवारी दिन लागेकाले सहयोगका लागि आग्रह गरे । 'राजदूतहरूले सकारात्मक जवाफ दिनुभएको छ,' प्रधानमन्त्री नेपालका विदेश मामिला सल्लाहकार राजन भट्टराईले कान्तिपुरसँग भने, 'यही सिलसिलामा उहाँले सोमबार एसियाली मुलुकका राजदूतसँग कुराकानी गर्ने कार्यक्रम छ ।'

परराष्ट्र मन्त्रालयले करिब डेढ महिनाअगाडि विभिन्न देशमा रहेका आफ्ना कूटनीतिक नियोगलाई पत्र लेखी नेपालको तर्फबाट गौतमको पक्षमा लबिङ गर्न निर्देशन दिएको थियो । नेपालस्थित विदेशी नियोगमा भने परराष्ट्र आफैंले पत्राचार गरी लबिङ सुरु गरेको थियो । प्रधानमन्त्री नेपालले एसियाका सरकार तथा राष्ट्र प्रमुखलाई करिब २ साताअगाडि पत्राचार गरी नेपालको तर्फबाट गौतमको उम्मेदवारीको पक्षमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

महासभामा उम्मेदवारको पक्षमा कस्तो रणनीति लिने भन्नेबारे बुधबार प्रधानमन्त्री नेपालले कांग्रेस, एमाले, मधेसी जनाधिकार फोरमलगायतका राजनीतिक दलसँग छलफल गरेका थिए । यही विषयमा सरसल्लाह र आन्तरिक तयारी गर्न राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य न्युयोर्कबाट सोमबार नेपाल आइपुगेका छन् ।

http://epaper.ekantipur.com/showtext.aspx?boxid=155429921&parentid=8598&issuedate=2782010

प्रकाशित मिति: २०६७ भाद्र ११ ०८:३६

भुटानी शरणार्थी एकजुट भएर घर फ्रकिने



http://epaper.ekantipur.com/showtext.aspx?boxid=15540593&parentid=8592&issuedate=2782010

सेना नगएपछी जेएमसीसी स्थगित



http://epaper.ekantipur.com/showtext.aspx?boxid=155146578&parentid=8582&issuedate=2782010

Monday, August 23, 2010

प्रधानमन्त्रीद्वारा एमआरपीमा ढिलाइ

काठमाडौ, भाद्र ७ - मन्त्रिपरिषद्ले अख्तियारी दिएको १० औं दिन बित्दा पनि प्रधानमन्त्री माधवकुमार नेपालले पानीचित्रमा हस्ताक्षर नगरेपछि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइ प्रक्रिया अन्योलमा परेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको विरोधका कारण प्रधानमन्त्रीले हस्ताक्षर नगरेको बैठकमा सहभागी एक अधिकारीले जनाए । बैठकमा प्रधानमन्त्री नेपाल र उपप्रधानमन्त्री कोइरालाका अलावा मुख्य सचिव माधव घिमिरे, परराष्ट्र सचिव मदन भट्टराई, परराष्ट्रका शिष्टाचार महापाल मुक्तिनाथ भट्टलगायतका अधिकारी थिए ।

एमआरपी मुद्रणका लागि पानीचित्रमा हस्ताक्षर हुनुपर्छ । उपप्रधानमन्त्री कोइरालाले बिनाकारण उक्त पानीचित्रमा हस्ताक्षर नगरेपछि अघिल्लो शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धी अख्तियारी प्रधानमन्त्रीलाई दिएको थियो । प्रधानमन्त्री नेपालले अख्तियारी पाए पनि उक्त पानीचित्रमा १० औं दिन पनि हस्ताक्षर नगर्नुको कारण खुलाएका छैनन् ।

परराष्ट्र प्रवक्ता दुर्गा भट्टराईले बैठकमा पानीचित्रमा छिट्टै हस्ताक्षर गर्नुपर्ने कुराकानी भएको बताए । हस्ताक्षर किन नभएको हो, त्यसबारे प्रवक्ता भट्टराईले खुलाएनन् । परराष्ट्र मन्त्रालयले प|mान्सको ओबर्थर टेक्नोलोजिज्लाई एमआरपी मुद्रणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्न पत्राचार गरेको एक महिना बितिसकेको छ ।



स्रोतका अनुसार टेन्डर प्रक्रियामा सहभागी बेलायतको डे ला रु इन्टरनेसनल र इन्डोनेसियाको पेरामपेरुरीले प्रधानमन्त्री नेपालसम्म पहुँच बनाई ओबर्थरले एमआरपीको पर्सनालाइजेसन पि्रन्टिङले सेक्युरिटी पि्रन्टिङ गर्न नसक्ने जस्ता तर्क दिँदै दबाब सिर्जना गरेपछि प्रधानमन्त्री नेपालले पानीचित्रमा हस्ताक्षर नगरेका हुन् ।

यसैबीच सांघाई एक्स्पोको नेपाल दिवसमा लैजान लुम्बिनीबाट ल्याइएको शान्ति दीप आइतबार प्रधानमन्त्री नेपालले इम्प्िलमेन्टिङ एक्पर्ट ग्रुपका अध्यक्ष अमृतरत्न शाक्यलाई हस्तान्तरण गरेका छन् । सांघाई एक्स्पोमा आगामी सेप्टेम्बर ३ मा नेपाल दिवस हुँदैछ । त्यसमा नेपालका तर्फबाट परराष्ट्रमन्त्रीले भाग लिने छिन् ।



प्रकाशित मिति: २०६७ भाद्र ७ ०८:०९

http://epaper.ekantipur.com/showtext.aspx?boxid=223252484&parentid=8511&issuedate=2382010

Sunday, August 22, 2010

काठमाडौं-ल्हासा बस पुनः चलाउन चीनलाई आग्रह गरिने

काठमाडौ, भाद्र ७ - सरकारले काठमाडौं-ल्हासा बस सञ्चालन गर्न पुनः पहल गर्ने भएको छ । गत फागुन १० मा केही समयभित्रै बस सेवा सञ्चालन गर्ने निर्णय भए पनि कार्यान्वयनमा आउन नसकेपछि सरकारले फेरि प्रयास गर्न लागेको हो । नेपाल पर्यटन बोर्ड र तिब्बत पर्यटन केन्द्रको उच्च अधिकारी सम्मिलित बैठकले यस्तो निर्णय गरेको थियो । पर्यटन वर्ष २०११ का लागि बस सेवाले थप सहयोग पुर्‍याउने भन्दै सरकारले केन्द्रका अधिकारीसँग छलफल गरी निर्णय गरेको थियो ।

नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटक आकषिर्त गर्न तिब्बतले पनि यसका लागि सहमति जनाएको थियो । तर हालसम्म निर्णयअनुसार सेवा सञ्चालन हुन सकेको छैन । नेपाल-चीनबीच भएको यातायात सम्झौताको ११ वर्षपछि २०६२ वैशाख १६ गतेदेखि बस सेवा सञ्चालनमा आएको थियो । तर विभिन्न समस्याका कारण १० महिनामै सेवा बन्द भएको थियो ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ २५ देखि तिब्बतमा हुने पर्यटन समन्वय संयुक्त समितिको बैठकमा बस सेवा पुनः सञ्चालनको विषयलाई मुख्य एजेन्डाका रूपमा राख्नेछ । बैठकमा तिब्बत र नेपालका पर्यटनसम्बद्ध उच्चअधिकारीहरू सहभागी हुनेछन् । यस बैठकका लागि नेपालबाट ६ जना सरकारी प्रतिनिधि र ७ जना निजी क्षेत्रका प्रतिनिधि रहनेछन् । त्यस्तै तीन जना तिब्बतस्थित महावाणिज्य दूतावासका तीन जना रहने मन्त्रालयका प्रवक्ता लक्ष्मण भट्टराईले बताए ।

'पर्यटन वर्ष नजिकिएको अवस्थामा यसको महत्त्व झन् बढेको छ,' उनले भने । यसअघि सरकारले तिब्बत पर्यटन विकास केन्द्रलाई टुर एन्ड ट्राभल एजेन्सीको गाडीलाई सीधा प्रवेशका लागि अनुमति दिन प्रस्ताव गरे पनि तिब्बती पक्षले सहमति जनाएको थिएन । बस सञ्चालन नहुँदासम्मका लागि यस्तो व्यवस्था गर्न आग्रह गरिएको थियो ।


त्यस्तै नेपाल हुँदै तिब्बत जाने अन्तर्राष्ट्रिय पर्यटकलाई चिनियाँ राजदूतावासबाटै भिसा उपलब्ध गराउने व्यवस्था गर्न पनि सरकारले जोड गर्नेछ । 'पर्यटक उद्धारका लागि तिब्बती आकाशमा हेलिकप्टर उडाउन दिने प्रक्रिया सरल बनाउन प्रस्ताव गर्दै छौं,' उनले भने । हाल प्याकेजअन्तर्गत तिब्बती क्षेत्रमा घुम्न जाने पर्यटक बिरामी भए वा कुनै दुर्घटनामा परेको खण्डमा तत्काल उद्धार सेवा हुन सक्दैन । उद्धारका लागि त्यस क्षेत्रमा हेलिकप्टर उडाउन तिब्बती पर्यटन केन्द्रले बेइजिङबाट स्वीकृति माग गर्नुपर्छ । यसले गर्दा अनुमति लिने प्रक्रिया लामो भएर पर्यटकलाई तत्काल सेवा प्रदान गर्न नसकिरहेको व्यवसायीहरू बताउँछन् ।

तिब्बतमा पर्यटक लिएर जाने टुर अपरेटर तथा गाइडलाई लिइने रकम मिनाहाका लागि पनि सरकारले बैठकमा प्रस्ताव राख्ने भट्टराईले बताए । स्वदेशी अपरेटरलाई प्रोत्साहन गर्न तिब्बतले ७ वर्षदेखि नेपाली टुर अपरेटर तथा गाइडबाट शुल्क लिने गरेको छ । नेपाल हुँदै तिब्बत मानसरोवर जाने पर्यटकसँगै अपरेटरलाई विदेशी पर्यटकसरह नै शुल्क लिने भएपछि त्यहाँ प्याकेजका लागि अपरेटरले पर्यटकबाट पनि बढी रकम लिनुपर्ने बाध्यता छ ।

तिब्बतमा पर्यटकीय गतिविधि सुरु हुदाँ त्यहाँ नेपाली अपरेटरलाई बिना कुनै शुल्क जान दिइन्थ्यो । तर आफ्ना अपरेटर दक्ष र व्यावसायिक हुन थालेपछि नेपालीलाई हतोत्साही गर्न शुल्क उठाउन थालेको पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिकी कार्यकारी निर्देशक लाक्पा फुटी शेर्पाले बताइन् । 'व्यवसायीबाट पनि पर्यटकसरह प्रतिव्यक्ति १ हजार ४ सय अमेरिकी डलरदेखि २ हजारसम्म शुल्क लिइन्छ ।'

लामो समयदेखि नेपाली टुर अपरेटरले तिब्बतको मानसरोवरका लागि विभिन्न प्याकेज सञ्चालन गर्दै आएका छन् । नेपाल र तिब्बतको समन्वयमा पर्यटन विकासका लागि यस्ता शुल्क हटाइनु उपयुक्त देखिएकाले प्रस्ताव लगिने भएको प्रवक्ता भट्टराईले बताए । 'दुवैतर्फ आवतजावतका लागि एकैखाले व्यवस्था भए त्यसले द्विपक्षीय पर्यटन विकास सहज बन्न सक्छ,' उनले भने ।



प्रकाशित मिति: २०६७ भाद्र ७ ०८:३९
http://epaper.ekantipur.com/showtext.aspx?boxid=23148906&parentid=8506&issuedate=2382010

Precious little headway achieved by either side

KATHMANDU, AUG 21 -
Three years into the completion of 98 percent of “strip maps” of the Nepal-India boundary, the two sides are yet to set up a Boundary Working Group (BWG) to sort out outstanding boundary issues.


Nepal wants all border issues sorted out before signing the strip maps, while India believes that “scientific and rational management of the boundary would require a contemporary frame of reference, which can be provided by the strip maps.”

The Nepali side claims that there are outstanding border issues, minor and major, at 58 points and only after their resolution should Nepal sign the maps. The last meeting of the Joint Technical Committee on the boundary, held in 2007 in New Delhi, had recommended the two sides set up a permanent BWG to find common ground on the issues—Susta and Kalapani being the major ones. It had also called on the two sides to deal with regular boundary issues, like conducting meetings, getting rid of errors in strip maps and repair of pillars. On the recommendation of the Survey Generals of both the countries, Nepal had prepared a Terms of Reference (TOR) of the BWG in 2008 and forwarded it to India.

“While commenting on the recommendations, the Indian side strongly urged us to sign the strip map first, though it did not object to the idea of TOR,” a senior Foreign Ministry official said.


“During the political level talks, Nepal has clearly conveyed to India that there are outstanding issues to be sorted out before the strip maps are signed,” the official added.

Asked to comment on the BWG, Spokesperson at the Indian Embassy Apoorva Srivastava said, “The Boundary Working Group was conceived as a mechanism to scientifically manage the India-Nepal boundary. However, scientific and rational management of boundary would require a contemporary frame of reference, which can be provided by the agreed strip maps.”

There is division in the political establishment here on whether to sign the maps before or after sorting out the border issues.

“There is no bilateral mechanism with India to look into various border issues,” said a government official. Officials say the lack of political will has hampered the resolution of outstanding issues.

“These strip maps have been initialled by the Surveyor Generals from India and Nepal and are awaiting signatures at the plenipotentiary level. The Government of India has requested the Government of Nepal on several occasions to expedite the signing of the strip maps at the plenipotentiary level,” Srivastav told the Post.

Posted on: 2010-08-22 08:57

Saturday, August 21, 2010

अमेरिकाले बनायो तिब्बती सरणार्थीलाई नेपाली




काठमाडौ, भाद्र ५ - अमेरिकी दूतावासले नेपालमा लामो समयदेखि बसोबास गर्दै आएका तिब्बती शरणार्थीलाई 'नेपाली नागरिक' भनेर आफ्नो देशमा भ्रमण इजाजत दिने गरेको छ ।

विदेश जान चाहने तिब्बती शरणार्थीलाई नेपालको परराष्ट्र मन्त्रालयले दिने ट्राभल डकुमेन्टमा अमेरिकी दूतावासले भ्रमण इजाजत दिँदा उनीहरूको राष्ट्रियतामा 'एनईपी' अर्थात् नेपाली लेख्ने गरेको जानकारी गृह मन्त्रालयका उच्च अधिकारीले दिए ।

ती अधिकारीका अनुसार अमेरिकी दूतावासले तिब्बती शरणार्थीलाई पहिला आफ्नो देशमा भ्रमण अनुमति दिँदा व्यक्तिगत विवरणको राष्ट्रियता शीर्षकमा 'क्रस' गरी केही पनि लेख्दैनथ्यो । तर झन्डै दुई वर्षदेखि

तिब्बती शरणार्थीलाई 'नेपाली' भनेर लेख्न थालिएको हो । नेपाल सरकारले करिब २५ हजार तिब्बतीलाई शरणार्थीको मान्यतासहित परिचयपत्र दिएको छ । परिचयपत्रवाहक र तिनका नाबालक सन्तानलाई विदेश भ्रमणमा जाँदा परराष्ट्र मन्त्रालयले ट्राभल डकुमेन्ट बनाइदिने गर्छ र विदेशी मुलुकका दूतावासले त्यही डकुमेन्टमा आफ्नो देश भ्रमणको इजाजत दिन्छन् ।

गृहका अधिकारीले तिब्बती शरणार्थीलाई नेपाली नागरिक भनेर परिचय दिनु कूटनीतिक मर्यादाविपरीत भएको टिप्पणी गरे । 'नेपाली भनेर जाने तिब्बती शरणार्थीले विदेशमा कुनै अवैध काम गरे या चीनविरोधी गतिविधिमा संलग्न भएमा नेपालको बेइज्जतीमात्र हुन्न, मित्रराष्ट्र चीनसितको सम्बन्धमा समेत नकारात्मक असर पर्न सक्छ,' उनले बताए ।

गृह मन्त्रालयले अमेरिकी दूतावासलाई पत्र पठाई तिब्बती शरणार्थीलाई नेपाली भनेर भ्रमण इजाजत दिने गरेकामा विरोध जनाउँदै त्यस्तो कार्य तुरुन्त बन्द गर्न आग्रह गरेको छ । तर पत्र पठाएको दुई महिना भइसक्दा पनि दूतावासबाट कुनै प्रतिक्रिया नआएको गृह स्रोतले बतायो ।

नेपाल भ्रमणमा आएका अमेरिकी उपसहायक मन्त्री अतुल केसपले बुधबार गृहमन्त्री भीम रावललाई भेट्दासमेत गृहका अधिकारीले अमेरिकी दूतावासले तिब्बतीलाई नेपाली लेख्ने गरेकामा आपत्ति जनाएका थिए । 'मन्त्री रावल र अमेरिकी मन्त्रीबीचको भेटवार्ताका क्रममा गृहका अधिकारीले अमेरिकी दूतावासले तिब्बती शरणार्थीको ट्राभल डकुमेन्टमा नेपाली लेख्ने गरेकामा विरोध जनाएर रोक्न भनेका छौं,' गृह मन्त्रालयका प्रवक्ता जयमुकुन्द खनालले कान्तिपुरसित भने ।

गृहका अर्का अधिकारीले परराष्ट्र मन्त्रालयलाई पत्र पठाई कूटनीतिक माध्यमबाट प्रयास गरी अमेरिकी दूतावासलाई तिब्बती शरणार्थीलाई नेपाली भनेर इजाजत दिने कार्य बन्द गराउन आग्रह गरेको थियो । दुई महिनासम्म परराष्ट्रबाट कुनै प्रयास नभएपछि गृह आफैंले दूतावासलाई पत्र लेखी रोक्न आग्रह गरेको हो ।

परराष्ट्र मन्त्रालयका युरोप-अमेरिका महाशाखा प्रमुख धनञ्जय झाले अमेरिकी राजदूतलाई आफूले तिब्बती शरणार्थीलाई नेपाली नलेख्न मौखिक रूपमा आग्रह गरेको बताए । 'मैले यस विषयमा नयाँ अमेरिकी राजदूतलाई मौखिक रूपमा जानकारी गराइसकेको छु । हेरौं, उहाँहरूले के गर्नुहुन्छ ?' झाले भने ।

अमेरिकी दूतावासका एक अधिकारीले भने आफ्नो देशमा जाने व्यक्तिलाई राष्ट्रियताविहीन लेख्न नमिल्ने भएकाले तिब्बती शरणार्थीलाई नेपाली लेख्ने गरिएको प्रतिक्रिया दिए । 'अमेरिकाले आफ्नो देश जाने मानिसलाई राष्ट्रियताविहीन लेख्न मिल्दैन । त्यही भएर तिब्बती शरणार्थीको सबालमा राष्ट्रियता नेपाली लेखिएको हो । उनीहरूको राष्ट्रियता चिनियाँ लेख्न उनीहरूले चीनबाट अमेरिका जान आवेदन दिनुपर्छ । त्यही भएर उनीहरूको राष्ट्रियता चिनियाँ लेख्न सकिएन,' ती अधिकारीले बताए । उनका अनुसार यो प्राविधिक समस्या सल्टाउन प्रक्रिया अगाडि बढिसकेको छ । तर त्यसलाई अमेरिकी सदन कंग्रेसले अनुमोदन गर्नुपर्ने भएकाले लामै समय लाग्न सक्ने ती अधिकारीले भने ।

अमेरिकी दूतावासका प्रवक्ता टेरी ह्वाइटले नेपालले मान्यता नदिएसम्म आफ्नो देशले तिब्बती शरणार्थीलाई नेपाली नागरिक भन्न नसक्ने दाबी गरे । तर उनले आफ्नो दूतावासले तिब्बती शरणार्थीलाई नेपाली लेख्ने गरेकोबारे भने केही भन्न चाहेनन् ।

'नेपाल सरकारले मान्यता नदिएसम्म अमेरिकाले तिब्बतीलाई नेपाली नागरिक ठान्दैन । अमेरिकाले आफ्ना कन्सुलर अफिस, दूतावास र महावाणिज्य दूतावासमार्फत हाम्रो देशमा प्रवेशका लागि आवेदन स्वीकार्छ र अनुमति प्रदान गर्छ । त्यस्तो स्वीकृति नेपालको सबालमा नेपाल सरकारले जारी गरेको कागजातमा आधारित रहेर प्रदान गरिन्छ,' ह्वाइटले भने । यसबारेमा दूतावास नेपाल सरकारसित नियमित सम्पर्क र छलफलमा रहेको उनले बताए ।



प्रकाशित मिति: २०६७ भाद्र ६ ०८:३०

Friday, August 20, 2010

ड्रेडलक: डरको नियन्त्रण

लोकमणी राइ
काठमाडौ, भाद्र ४ - उनीहरूले शिवजीको जटाधारी रुप देखेका थिएनन् । तर, बेलायती उपनिवेश विरुद्ध लड्ने केन्याका ती किकुयु आदिवासीका लामा लामा जटा शिवजीका भन्दा कम थिएनन् । युद्धका क्रममा सन् ५० को दशक पुरै जंगलमा बिताएका उनीहरू केश काट्न र सरसफाइ गर्न नभ्याएर जटाधारी बनेका थिए । गत साता बसन्तपुरको तिकीझ्यामा ड्रेडलक बनाउन पुगेका आयुस महर्जन, १९, सँग ती मउमउ विद्रोहीजस्तो बाध्यता थिएन ।

ड्रेडलक ताहाचल निवासी आयुसका लागि मात्र फेशन हो । उनलाई ती मउमउ विद्रोहीजस्तो 'ड्रेड' अर्थात 'डर' लाई 'लक' अर्थात् नियन्त्रण गर्नु छैन । त्यसका लागि ४ हजार रुपैयाँ तिरेका उनी प्लस टुको रिजल्ट आउनासाथ कडा र अनुशासित विद्यार्थी जीवनबाट उन्मुक्ती पाएकाले ड्रेडलक बनाउन बसन्तपुर हान्निएका हुन् । 'कलेजले ड्रेडलक राख्न दिने भए धेरै अगाडि बनाइसक्थेँ,' उनले भने ।


आयुसजस्तै जैसीदेवलका सुजन रञ्जितकार, सञ्जीव खड्गी, दिनेश महर्जन र सुहेल मानन्धर फेशनमा ड्रेडलक, ट्याटुज र पियर्सिङ पुस्ताका केही प्रतिनिधि पात्र हुन् । विदेशी च्यानल र ठमेल घुम्न आउने पर्यटकको नक्कल गर्दै ट्याटु हान्न र पियर्सिङ गर्न सिकेका हुन् उनीहरूले । उनीहरूले साथीको सहयोगमा ट्याटु खोपेका, पियर्सिङ गरेका र ड्रेडलक राखेका छन् ।
कान र जिब्रो छेड्ने र मृत्युपछिको भविष्य सुनिश्चित गर्न सियोले खोपी शरीरका विभिन्न भागमा रङ भर्ने प्रचलन नेवार र थारु समुदायमा परापूर्व कालदेखि नै चलेको हो । 'विदेशी सिको गर्दै त्यही प्रचलनलाई आधुनिकीकरण गरी फेसनका रुपमा प्रयोग गरिएको मात्र हो,' स्वस्तिक ट्याटु स्टुडियोका सञ्चालक सञ्जय खड्गी, २५, ले भने । उनका अनुसार, ४/५ वर्ष यता काठमाडौंका बसन्तपुर देशी/ विदेशीका सबैका लागि एउटा यस्तो केन्द्र बनेको छ जहाँ व्यक्तित्व अनुसारको ड्रेडलक, ट्याटु र पियर्सिङ गर्न पाइन्छ । त्यही भएर सञ्जय र फ्रिक स्ट्रिट ट्याटुका सञ्चालक दिनेश, २५, जस्ता यो पेशामा जमेका छन् ।

ललितकला क्याम्पसबाट फाइन आर्टस्मा मास्टर गरिरहेका सञ्जयका अनुसार, उनको स्टुडियोमा आउने करिब ७० प्रतिशत ग्राहक नेपाली टिनएजर छन् । त्यसमा पनि टिनएजर युवतीको संख्या ४० प्रतिशतभन्दा बढी छ । करिब डेढ दर्जनको संख्यामा रहेका काठमाण्डू उपत्यकाका ट्याटु, ड्रेडलक र पियर्सिङ सेन्टरमा मासिक सरदर ५० नेपाली ग्राहक पुग्ने व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार, शैलीमा विविधता भएकाले खासगरी फरक पहिचानका शौखिन तन्नेरीको जमातमा ड्रेडलक, ट्याटु र पियर्सिङको 'क्रेज' बढेको हो ।

विश्वका विभिन्न धर्म, संस्कृति र परम्परासँग जोडिएका र आ-आफ्नै मिथकसमेत भएका ड्रेडलक, ट्याटु र पियर्सिङ फेसनमात्र होइन, कलाको फरक विधा अर्थात् 'बडी आर्ट' पनि हो । जस्तो, मानिसको उचाइ र अनुहारको बनौट अनुसार सुहाउँदिलो ड्रेडलक बनाउनु राम्रो कलाकारको खुबी भएको बसन्तपुरस्थित फ्रिक स्टि्रटका सञ्चालक दिनेश बताउँछन् । ड्रेडलक आर्टिस्टकै सल्लाहमा भोटेबहालका लाम्चो अनुहार भएका सञ्जीव, २२, ले मसिनो लामो ड्रेडलक बनाएका छन् ।

सुजन, २२, को पियर्सिङ र ट्याटुले झै सञ्जीवको ड्रेडलकले साथीभाइमाझ उनको फरक पहिचान बनाएको छ । 'ड्रेडलकका कारण साथीभाइले टाढैबाट र पछाडिबाट पनि मलाई चिन्छन्,' उनले भने । त्यसरी चिनिन पाउँदा उनलाई गर्व लाग्छ रे ! त्यसो त एस आकारको आँखीभौंको पियर्सिङ विदेशीको समेत नदेखेकोमा सुजन बताउँछन् । 'पियर्सिङ मेरो फेसन स्टेटमेन्ट हो,' उनी भन्छन्, 'पाँच वर्ष अगाडि मैले आफैँ खोपेको हुँ जसका कारण मानिसले मलाई छिट्टै नोटिस गर्छन् र एकै पटकको भेटमा चिन्छन् ।'

प्राचीन इजिप्टमा कैदी भागेमा उनीहरूलाई चिन्न र समातेर ल्याउन सजिलो होस् भनेर ट्याटु खोपिन्थ्यो । भाग्न सफल भएका बन्दी पुनः पक्राउ पर्नबाट जोगिन ट्याटुलाई तोडमरोड गरी कलात्मक रुप दिन्थे । ताइवानजस्ता केही ठाउँमा प्राचीन कालमा महिलाहरू कपडा बुन्न र घर ब्यबहार सम्हाल्न र पुरुष आफ्नो समुदायको रक्षा गर्न सक्षम भएको प्रतीकका रुपमा ट्याटु खोपिन्थ्यो र पियर्सिङ गरिन्थ्यो । करिब १० हजार वर्ष पहिले सुरु भएको मानिने ट्याटु आफ्ना अधिकृत पहिचान गर्न बेलायती सेनाले २ सय वर्षसम्म प्रयोगमा ल्यायो । अहिले त्यही ट्याटु फेसनमात्र होइन खोपिसकेपछि मेट्न नमिल्ने भएकाले चुनौतिपुर्ण कलाकारिता पनि बनेको छ । 'ट्याटु च्यालेन्जिङ बडी आर्ट भएकाले एक पटक बिगि्रएपछि क्यान्भास फेर्न वा मेटेर पुनः बनाउन मिल्दैन,' सञ्जय भन्छन् ।

तीन वर्षभन्दा अगाडि ट्याटु खोपेका, ड्रेडलक राखेका र पियर्सिङ गरेका यी युवाहरूले पश्चिमा शैलीका त्यस्ता ट्याटु, पियर्सिङ र ड्रेडलक नेपाली समाजमा पाच्य पारेका मात्र छैनन्, त्यसलाई नेपालीकरणसमेत गरेका छन् । करिब दुई दशकदेखि नेपालमा फेसनका रुपमा देखिएको ट्याटु, ड्रेडलक र पियर्सिङ देख्दा छ वर्ष अगाडिसम्म कतिपय मानिस तर्सिन्थे । 'छ वर्ष अगाडि ट्याटु र पियर्सिङमात्र होइन, मेरै ड्रेडलक देखेर मानिस तर्सिन्थे,' दिनेश सम्झन्छन्, 'अहिले धेरैले राख्न थालेपछि ड्रेडलक, ट्याटु र पियर्सिङ सामान्य बन्दै गएको छ ।'

उनीहरू कलाकारका रुपमा जस्तो पायो त्यस्तो ट्याटुमात्र खोप्दैनन् । ट्याटुमार्फत कुनै न कुनै सन्देश पनि प्रवाहित गर्छन् । सुहेल, १८, कै कुरा गरौं । उनले काखी मुनि बुद्ध र पाखुरामा हजुरआमाको तस्बिर खोपेका छन् । 'मेरी मायालु हजुरआमा मेरो पाखुरामा अझ जीवित हुनुहुन्छ,' सुहेल भन्छन्, 'बुद्धको ट्याटुले म कुन धर्मको मानिस हो भन्ने देखाउँछ ।'

प्रकाशित मिति: २०६७ भाद्र ४ ०३:००

राहदानी केन्द्रबाट मात्रै



http://epaper.ekantipur.com/showtext.aspx?boxid=14544187&parentid=8447&issuedate=2082010

Tuesday, August 17, 2010

अमेरिकी मन्त्री आईपुगे



http://202.166.193.41/showtext.aspx?boxid=125651812&parentid=8386&issuedate=1882010



BHADRA-02-067

माओवादीद्वारा भारतलाई बिरोधपत्र



http://202.166.193.41/showtext.aspx?boxid=1258500&parentid=8399&issuedate=1882010

BHADRA-02-067

जाम्बियाद्वारा विद्यार्थी फ्रकाउने आश्वाशन




http://202.166.193.41/showtext.aspx?boxid=34749843&parentid=8379&issuedate=1782010


BHADRA-01-2067 TUESDAY

'भारत बिरुद नेपाली भुमी प्रयोग हुन सक्छ'


http://202.166.193.41/showtext.aspx?boxid=3480921&parentid=8379&issuedate=1782010

Bhadra-1 2067

Thursday, August 12, 2010

संसद्को निर्देशनले परराष्ट्र अन्योलमा


http://epaper.ekantipur.com/showtext.aspx?boxid=35533453&parentid=8269&issuedate=1282010

शरणलगतै राजन



http://epaper.ekantipur.com/showtext.aspx?boxid=35349796&parentid=8258&issuedate=1282010

Wednesday, August 11, 2010

एमआरपी सम्झौतामा मन्त्री तगारो



http://epaper.ekantipur.com/showtext.aspx?boxid=5243437&parentid=8251&issuedate=1182010

Tuesday, August 10, 2010

भारतीय कूटनीतिज्ञलाई फर्काउन निर्देशन


http://epaper.ekantipur.com/showtext.aspx?boxid=45316375&parentid=8238&issuedate=1182010

भुटानी शरणार्थीको बेलायतमा पनि पुनर्बास



http://202.166.193.41/showtext.aspx?boxid=63156843&parentid=8431&issuedate=1082010