Tuesday, July 20, 2010

सबै निर्णय भारतको हुन्छ ः नारायणमान बिजुक्छे

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंलाई प्रधानमन्त्रीका लागि बुधबार हुने निर्वाचनले खासै छोएको छैन । सबै दलले समर्थन गरे पनि ुसिद्धान्त र प्रतिबद्धताुले आफू प्रधानमन्त्री नबन्ने बताउने उनी आफ्नो पार्टीमात्र वास्तविक कम्युनिष्ट भएको दाबी गर्छन् । उनै बिजुक्छंसँग समसामयिक राजनीतिका विषयमा कान्तिपुरका गोपाल खनाल र मकर श्रेष्ठले गरेको संवाद-
नारायणमान बिजुक्छें

राजनीतिक कता जाँदैछ

जनताले भनेको ठाउँमा टकलक्क पुग्दैन । कांग्रेस एमाले र माओवादीले भनेको ठाउँमा पनि पुग्नसकेको छैन । जनताले चाहेको सबै हुनसकेको छैन । यसमा खेल्ने मान्छे बाहिरका छन् । आपसमा भिडाएका छन् । विभिन्न गोटी चल्ने गरेका छन् जसमा हामी फँसेका छौं । जहिलेसम्म नेपाली आफूलाई चिन्दैनन् तबसम्म यस्तै हुनसक्छ । हन्डर खाएपछि मात्रै चेत्छ ।


कस्तो हन्डर

गल्ती गरेमा त्यो एकदम डरलाग्दो हुनसक्छ । नेताहरुले बेलाबेलामा बोली फेर् यो भन्छ नि त्यसमा एउटा कारण छ । जस्तो कि लडाकु समायोजनमा प्रचण्डजीले कहिले पाँच हजार कहिले नौ वा १९ हजार भन्छन् । उनले त्यो आफूले भनेका होइनन् । उनको मनमा होला ८÷९ हजारसम्म । तर हुँदैन भनेर कसैले भन्यो भने उनले बोली फेर्नुपर्ने हुन्छ ।


बाहिरी प्रभावले नेताका बोली फेरिएका हुन् त


बाह्य कारणले नै हो । एमालेका १८ जना केन्द्रीय सदस्यबाहेक बाँकी सबै बाहिरबाट निर्देशित भएर बोली फेर्ने गर्छन् सबैको एउटै बोली हुँदैन भन्ने व्यापक हल्ला छ । कांग्रेसमा त्यस्तै छ । भित्र फरक-फरक मत हुनसक्छ । तर बाहिर आउनु हुँदैन आउँछ । पार्टीको अनुशासन सबैले मान्नुपर्छ । भित्र फरक राय दिन सक्छन् । कसैले कांग्रेसको नेतृत्वमा सरकार बन्छ भन्छन् । फेरि सुजाता कोइराला छोरी ले कांग्रेसले नेतृत्व गर्नु हुँदैन भन्छन् । बाहिरबाट कसैले काम गरिरहेको अनुमान छ । माओवादीमा पनि व्यक्तिपिच्छे फरक-फरक कुरा आउँछ । कसैले भिडाएको भन्ने प्रस्ट देखिन्छ । मैले पाएको रिपोर्ट यस्तै छ ।


बाहिर भनेर कसलाई संकेत गर्नुुभएको हो

धेरैलाई भारतले निर्देशित गरेको छ । भारतले भनेपछि प्रधानमन्त्री सरकार पार्टी सबै त्यसरी नै साचालित हुन्छन् । भारतले विभिन्न दलसँग कुरा गर्छ । उनीहरुलाई एउटा र सरकारलाई अर्को कुरा गरेको हुन्छ । यसमा भारतीय गुप्तचर विभाग ुरुको निर्णय महŒवपूर्ण हुन्छ । नेपालको संयन्त्र उनीहरुलाई जति थाहा हुन्छ हाम्रा पार्टीलाई थाहा हुँदैन । यहाँको संयन्त्र सबै उसले हातमा लिएको हुन्छ । त्यसका लागि उसले नेपालका दलमा लगानी गर्छ । त्यस्तो पैसा ऊसँग हुन्छ । गुप्तचर विभागको बिल भौचर÷भर्पाइ केही देखाउनु पर्दैन ।
यसको जाँच गर्न सकिन्छ । कसको छोरा वा छोरी कोमार्फत विभिन्न देशका विश्वविद्यालयमा जान्छन् भनेर लिस्ट निकाल्यौं भने धेरै थाहा पाइन्छ । कतिको छोरी फर्कंदैन जुन देशमा पढ्न गएको हो उतै बिहे गरेर बस्छन् । साधारण व्यक्तिको मामलामा केही फरक पर्दैन । भारतीय प्रभावका यस्ता कैयांै उदाहरण छन् । चीनबाट त्यस्तो प्रभाव आएको थाहा छैन ।

नेपालमा हुने निर्णय सबै भारतले नै गर्ने हो

ठूलठूला निर्णयमा भारतको स्वार्थ गाँसिएको हुन्छ । किनभने भारतलाई जति थाहा छ अरु देशलाई हुँदैन । राणाकालमा बेलायतलाई थाहा भएजस्तै ००७ सालपछि हिन्दुस्तानलाई जति थाहा हुन्छ अन्य देशलाई हुँदैन । हामीलाई समेत थाहा हुँदैन । खुल्ला सीमा र लेनदेनले धेरै थाहा हुन्छ ।

त्यसको अर्थ राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री र अन्य मन्त्री बनाउनेदेखि फाल्ने पनि भारतको हात हो

राष्ट्रपति रामवरण यादव भारतको दबाबमा भएका होइनन् । घटना याद दिलाउँछु- राजदरबारलाई संग्रहालयको घोषणा गर्ने दिन थियो । त्यहाँ कार्यक्रम आयोजना गरिएको थियो । त्यहाँ कहिल्यै पहिलो पंक्तिमा नभएका व्यक्तिहरु बसिरहेका थिए । पहिलो पंक्तिमा हेमन्त बीसी रामराजाप्रसाद िसंह भारतीय राजदूत राकेश सुद लगायत । मलाई लाइन हेर्दा अचम्म लाग्यो । पाँच मिनेटको कार्यक्रम थियो । सूदले रामराजाप्रसाद िसंहलाई हिन्दीमा तपाईंको काँधमा ठूलो जिम्मेवारी आउँदैछ निभाउनुपर्छ भनेको कुरा त्यहीं प्रचार भयो । गिरिजाबाबुले तत्कालै भनिदिनुभयो माओवादी र भारतले भनेको मान्दिन भनेर । भारतीय राजदूतको सोचाइचाहिँ आफूले भनेको व्यक्ति राष्ट्रपति हुन्छन् भन्ने रहेछ । गिरिजाबाबुको अडानले त्यो सफल भएन ।

अहिलेका सबै प्रधानमन्त्री उतैबाट बनाइएका हुन् त

प्रध्ाानमन्त्रीले हरेक निर्णय गर्नसक्ने भएकोले भारतले ल्याउन खोज्छ । हरेक पार्टीमा आफ्नो पहुँच भएकोले फलानोलाई ल्याए हुन्छ भन्ने गर्छन् । माओवादीलाई उनीहरुले ल्याएको हो । ल्याएपछि उसले केही लिन खोज्छ । महाकाली सन्धिको विषयमा कुरै नगर्ने भन्ने सर्त थियो । यो पूरा भयो । पाचेश्वर पाचायतकालदेखि थाती थियो । जुन कुरो अरुले गर्नसकेको थिएन । माओवादी सरकारको बेला त्यो अघि बढाउने कुरा भयो । यी काम माओवादीबाट गराएपछि अब अन्य शक्ति चाहियो प्रयोग गर् यो र सबैलाई फँसाए र फाले ।

भारतले भनेकै मानेको भए प्रचण्डलाई किन हटायो त
साराले विरोध गरेपछि माओवादी एक्लो भयो । एक्लोलाई समर्थन गरेर फाइदा उठाउन सक्ने भएन । अब अरुबाट काम लिन्छ । भारतको शैली यस्तै छ । नेपाल र भारतको संस्कृति मिल्छ । धेरै आवत-जावत र संगत भएपछि सबै कुरा बुझ्छन् प्रयोग गर्छन् अन्तिममा फाल्छन् । चाहेसम्म मात्र राख्छन् ।

त्यसोभए माधव नेपाल कसरी प्रधानमन्त्री भए कसरी हट्दैछन्

कतिपय सम्झौता गरेको होला । मैले सुनेअनुसार कुनै जलविद्युत एउटा विदेशी कम्पनीलाई दिने तयारी थियो । पछि त्यो भारतलाई दिइयो । मन्त्री र सचिवले त्यो परियोजनामा सही नगरेपछि एजेन्टले प्रधानमन्त्रीलाई सुनाएछ । प्रधानमन्त्रीले सचिवलाई बोलाएर सोध्दा भारतीय राजदूतले चाख देखाएको सुनायो काम भएन । सामन्तले पहाडमा घोडा चढ्छ । घोडा थकित भएपछि त्यो फेर्छ । भारतले पनि नेपालका प्रधानमन्त्री र सरकार बनाउन यस्तै खेल खेल्ने गरेको छ ।

प्रधानमन्त्रीले राजिनामा दिनुको कारण अरु पनि छन्

जंगल कटानी व्यापक भयो रोक्न सकेन । त्यस्तै बालुवा-गिटी भारत निकासी भइरहेको छ रोकेन । हाम्रो देशलाई दीर्घकालीन असर पर्छ । भारतमा पनि राम्रा इन्जिनियर र जियोलोजिष्टहरु होलान् । पहाड भत्काउन हुँदैन नेपालमा खतरा हुन्छ भन्ने बुझ्नुपर्ने हो तर गरेन । आफ्नो स्वार्थमात्रै हेर् यो । हाम्रो सरकार पार्टी कार्यकर्तालाई थुन्न सक्दैन । नचाहिँदो काम गर्ने दुई-चार सय ठेकेदारलाई जेल हाल्न सक्दैन । नख्खु कारागार खाली गर्न सक्दैन । त्यसपछि मलको समस्या उस्तै भयो । एक अर्ब रुपैयाँको मल किन्यो भने १५ करोड रुपैयाँ घूस आउँछ । त्यो कमिसन हो । झापा र भैरहवामा नक्कली कारखाना बन्यो । हिन्दुस्थानबाट ढिका परेको म्याद नाघेको मल ल्याउँछ । नेपालका कारखानाले धुलो पार्छ ुनेपालमा बनेकोु बोरामा बेच्छ ।

प्रधानमन्त्रीले राजिनामा दिएर सही गरे कि गल्ती

बहुमत कमाण्ड गरेको व्यक्तिले राजिनामा दिनु हुँदैनथ्यो । राजिनामा दिने बेलामा अर्को बहुमत त कसैले पनि पुर् याएको थिएन नि । देशलाई भड्खालोमा पार्नु हुँदैन । प्रधानमन्त्रीले अर्को बन्दोबस्त गरेपछि मात्रै राजिनामा दिनुपथ्र्यो । कुनै दल र व्यक्तिले आज राजिनामा दे भन्ला भोलि कोट फुकाल भन्ला अर्को दिन अन्डरवेयर खोल भन्ला जे भन्यो त्यही गर्ने हो कसैको धम्कीको अगाडि झुक्नु हुँदैन । सार्वभौम शक्ति भित्री वा बहिरी कुनै पनि शक्तिको अगाडि झुक्नु पर्दैन ।

राजिनापछि सहमतीय सरकार बनेन नि

सहमतिको सरकारमात्रै होइन बहुमतको सरकार पनि नबन्न सक्छ । यस्तै ताल हो भने निर्धारित समयमा संविधानसमेत बन्दैन । अब एउटैमात्र उपाय छ । नेताहरुले आग्रह गरेपछि राष्ट्रपतिले कसैलाई तीन महिनाको जिम्मेवारी दिनसक्छ । उसले तीन महिनाभित्र बहुमत जुटाएन भने अर्को सरकार बनाउन सक्छ ।

समीकरण कस्तो बन्छ

कांग्रेसले भन्ने ठाउँ छ । माओवादी र एमालेको नेतृत्वमा सरकार गठन भइसक्यो अब मेरो पालो । हामीलाई समर्थन गरिदिनुपर् यो भन्न सक्छ । लडाकु समायोजनको विषयमा मिलनविन्दु खोज्नेमा कांग्रेसले बार्गेनिङ गर्न सक्छ । एमालेले आफ्नै सरकार ढालेर अनैतिक कार्य गरेको व्यापक चर्चा छ । कांग्रेसले तपाईंलाई सहयोग गर् यौं अब हामीलाई सहयोग गर भनेर एमालेलाई भन्न सक्छ । त्यस्तै तराईका सबै पार्टीले काङ्ग्रेसलाई सहयोग गर्न सक्छन् किनभने तराईका पार्टीमा भएका धेरै कांग्रेसका पहिलाका नेता वा कार्यकर्ता हुन् । गुप्ता गच्छदार महन्थ ठाकुरले कम्युनिष्टलाई सहयोग गर्नुको सट्टा कांग्रेसलाई नै सहयोग गर्ने सम्भावना छ ।

माओवादीले कांग्रेसको नेतृत्वको सरकार स्वीकार नगर्ने भनेका छन् नि

एमालेलाई सहयोग गर्नुभन्दा माओवादीले कांग्रेसलाई गर्न सक्छ । सहयोग नगरे विपक्षमा बस्ला ।

तपाईं को प्रध्ाानमन्त्री होस् भन्ने चाहनुहुन्छ

मैले यिनीहरुको कुरा बुझेको छैन । व्यक्ति र पार्टी हेर्दैनौं पहिला कार्यक्रम ल्याउनुपर् यो । देश र जनताको हितमा कार्यक्रम ल्याएपछि मात्र समर्थन र विरोध गर्छौ्रं ।

जेठ १४ मा भएको सम्झौताअनुरुप माओवादीले पहिलो बुँदा कार्यान्वयन गर्ला

माओवादीको प्रस्ताव धूवाँको पर्दा हो । यो यिनीहरुको हातमा छैन । भारतको हातमा छ । लाहोर र सिमलामा तालिम गरेका माओवादी सेना भन्छन् । नेपाली सेनाको तालिम पनि त्यहीं हुन्छ । नेपाली सेना तालिम लिन जाँदा भारतीय अफिसरले सोधेछन्- तिमीहरु माओवादी कि नेपाली सेना भनेर । हामी त नेपाली सेना भनेपछि अस्तिमात्रै माओवादी सेनालाई तालिम दिएर पठाएको भनेछन् । त्यो बेला यो चर्चा भएको थियो । माओवादी सेनाले गोरखपुरमा पनि तालिम लिएका थिए । गोरखपुरमा नेपालीहरु ज्ागिर खान जान्छन् सबैले त्यही सोचे ।

लडाकु समायोजनको प्रस्ताव कस्तो लाग्यो

स्वतन्त्र छैन ।

सम्झौतामा समायोजना गर्ने भनेर उल्लेख भएपछि त गर्नुपर् यो नि

समायोजन गर्नुपर्छ । कहाँ गएर गर्ने दिल्लीमा दिल्लीको इच्छाअनुसार भएकै हो ।

त्यसोभए लडाकुलाई सेनामा समायोजन नगर्ने

नेपाली सेनाको मापदण्डअनुसार समायोजन गर्न सकिन्छ । माओवादीले भनेको ुसमायोजनको ुस्ट्यान्डर्डु के हो प्रोफेसर हो भने त्रिविमा चिकित्सक हो भने वीर अस्पतालमा गायक भए रेडियो नेपाल र टेलिभिजनमा पठाउनुपर्छ । किन सिपाहीमा समायोजन गर्ने हरेक नेपालीले आफ्नो योग्यताको आधारमा सेनामा गई देशको सेवा गर्न पाउनुपर्छ ।

सेनाको योग्यताका आधारमा भन्दा त कोही पनि योग्य नहुन सक्छन् नि
काम दिनैपर्छ । योग्यताअनुसार दिनुपर्छ । काम नदिँदा माओवादीले माने पनि भारतले मान्दैन । काम नदिए अर्को समस्या आउँछ । देशको निम्ति काममा लगाउनुपर्छ ।


सेनामा समायोजन नहुने भए बेग्लै फोस्र बनाउनु झन् उचित हुने प्रस्ताव कस्तो लाग्यो

सेना छासमिस गर्नु हुँदैन । विद्रोह हुन्छ । त्यसकारण बेग्लै बल बनाउँदा राम्रो हुन्छ । उनीहरुलाई अलग फोस्र बनाउन सकिन्छ- सशस्त्र प्रहरीजस्तै ।

छुट्टै फोस्र बनाउँदा माओवादीप्रति सधंै लोयल हुन्छन जुन खतरापूर्ण भन्ने तर्क आएका छन् । के भन्नुहुन्छ

त्यस्तो हुन सक्दैन । उनीहरुको ुकमाण्डिङु नेपाली सेनालाई गर्न दिनुपर्छ । सशस्त्र प्रहरीमा सेनाले गरेको जस्तै गर्नुपर्छ । तालिम पनि नेपाली सेनाले लिएजस्तै दिनुपर्छ । जसरी नेपाली सेनामा दलका नेताहरु गएर प्रवचन दिने गरेका छन् त्यसैगरी क्यान्टोनमेन्टमा पनि माओवादीबाहेक अन्य पार्टीका नेताले प्रवचन दिन पाउनुपर्छ । माओवादीले जे भने पनि लडाकुले पत्याएका छन् । हरेक नेपालीले आलोचनात्मक दृष्टिकोण विकास गर्ने अधिकार राख्छन् । माओवादीले दिएको शिक्षा खतरा भएको छ । लुटपाट अपहरण मान्छे मरेको ठाउँमा माओवादीको हात भएको गुनासो छ । यो के हो त्यो हुँदाहुँदै पनि नबोली बस्न हुन्छ

लडाकुको संख्या पहिला तोक्ने कि पछि

पहिला योग्यता हेर्नुपर्छ अनिमात्र संख्या ।

तपाईं र माओवादीको भनाइ त उस्तै भयो होइन
जबर्जस्ती सेनामा

No comments: