Monday, August 23, 2010

प्रधानमन्त्रीद्वारा एमआरपीमा ढिलाइ

काठमाडौ, भाद्र ७ - मन्त्रिपरिषद्ले अख्तियारी दिएको १० औं दिन बित्दा पनि प्रधानमन्त्री माधवकुमार नेपालले पानीचित्रमा हस्ताक्षर नगरेपछि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइ प्रक्रिया अन्योलमा परेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको विरोधका कारण प्रधानमन्त्रीले हस्ताक्षर नगरेको बैठकमा सहभागी एक अधिकारीले जनाए । बैठकमा प्रधानमन्त्री नेपाल र उपप्रधानमन्त्री कोइरालाका अलावा मुख्य सचिव माधव घिमिरे, परराष्ट्र सचिव मदन भट्टराई, परराष्ट्रका शिष्टाचार महापाल मुक्तिनाथ भट्टलगायतका अधिकारी थिए ।

एमआरपी मुद्रणका लागि पानीचित्रमा हस्ताक्षर हुनुपर्छ । उपप्रधानमन्त्री कोइरालाले बिनाकारण उक्त पानीचित्रमा हस्ताक्षर नगरेपछि अघिल्लो शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धी अख्तियारी प्रधानमन्त्रीलाई दिएको थियो । प्रधानमन्त्री नेपालले अख्तियारी पाए पनि उक्त पानीचित्रमा १० औं दिन पनि हस्ताक्षर नगर्नुको कारण खुलाएका छैनन् ।

परराष्ट्र प्रवक्ता दुर्गा भट्टराईले बैठकमा पानीचित्रमा छिट्टै हस्ताक्षर गर्नुपर्ने कुराकानी भएको बताए । हस्ताक्षर किन नभएको हो, त्यसबारे प्रवक्ता भट्टराईले खुलाएनन् । परराष्ट्र मन्त्रालयले प|mान्सको ओबर्थर टेक्नोलोजिज्लाई एमआरपी मुद्रणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्न पत्राचार गरेको एक महिना बितिसकेको छ ।



स्रोतका अनुसार टेन्डर प्रक्रियामा सहभागी बेलायतको डे ला रु इन्टरनेसनल र इन्डोनेसियाको पेरामपेरुरीले प्रधानमन्त्री नेपालसम्म पहुँच बनाई ओबर्थरले एमआरपीको पर्सनालाइजेसन पि्रन्टिङले सेक्युरिटी पि्रन्टिङ गर्न नसक्ने जस्ता तर्क दिँदै दबाब सिर्जना गरेपछि प्रधानमन्त्री नेपालले पानीचित्रमा हस्ताक्षर नगरेका हुन् ।

यसैबीच सांघाई एक्स्पोको नेपाल दिवसमा लैजान लुम्बिनीबाट ल्याइएको शान्ति दीप आइतबार प्रधानमन्त्री नेपालले इम्प्िलमेन्टिङ एक्पर्ट ग्रुपका अध्यक्ष अमृतरत्न शाक्यलाई हस्तान्तरण गरेका छन् । सांघाई एक्स्पोमा आगामी सेप्टेम्बर ३ मा नेपाल दिवस हुँदैछ । त्यसमा नेपालका तर्फबाट परराष्ट्रमन्त्रीले भाग लिने छिन् ।



प्रकाशित मिति: २०६७ भाद्र ७ ०८:०९

http://epaper.ekantipur.com/showtext.aspx?boxid=223252484&parentid=8511&issuedate=2382010

No comments: