भ्रमण रद्द गरेँ,' संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आगामी असोज १ गते हुन लागेको भ्रमण रोकेपछि प्रधानमन्त्री माधवकुमार नेपालले भने, 'यसमा खर्चबर्चका धेरै कुरा आए ।'
त्यो भन्दा पनि महत्वपूर्ण राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेल र पत्रकार कनकमणि दीक्षितले यो बेलामा प्रधानमन्त्री विदेश भ्रमणमा जानु उपयुक्त हुन्न भनी दिएको सुझाव अखबारमा पढेपछि उपयुक्त लागेको उनले बताए। 'उहाँहरूजस्ता मित्रको सुझाव मलाई उपयुक्त लाग्यो,' नेपालले नागरिकसँग भने।
जो प्रधानमन्त्री भए पनि जाने भनेर भ्रमण तय गरिएको जानकारी दिंदै प्रधानमन्त्री नेपालले यसपटक कुनै पनि सांसदलाई नलैजाने र नगई नहुने कर्मचारीलाई मात्र लैजाने कार्यक्रम रहेको थियो। 'धेरै कुरा आए,' नेपालले भने, 'यहाँ राष्ट्रिय सहमतिका लागि प्रयास पनि गर्नुपर्ने, मुलुकको आर्थिक संकट पनि त्यस्तै छ।'
'मैले भ्रमणमा जाने विषयमा तीन दिनदेखि सोचें,' नेपालले भने, 'तीन दिनअघि नै टिकट नकाट्नू भनेको थिएँ। आज भ्रमणै रद्द गरिदिएँ।'
त्यसपछि उनले मन्त्रिपरिषद बैठकमा समेत भ्रमणमा नजाने जानकारी गराएका थिए।
'खर्चबर्चको मामिलामा म सबभन्दा कडा मान्छे,' नेपालले भने, 'किन अनावश्यक बत्ती बालेको? किन पानी खेर फालेको? भनेर समेत सोध्ने गरेको छु।'
http://nagarikplus.nagariknews.com/nagarik-epaper/book/309-nagarik-07-september-2010/2-nagarik.html
प्रधानमन्त्रीले आफ्ना दुई मित्रको सुझाव मान्नु पर्नाको कारण उल्लेख गर्दै फेरि भने, 'विरोध गर्ने कसमै खाएका व्यक्तिले लेखेको र भनेको म मान्दिन। तर, यस्तो उचित सल्लाह म मान्छु।'
No comments:
Post a Comment