मेरो भ्रमण करिब दुई महिना अगाडि श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षेको नेपाल भ्रमणकै निरन्तरता हो । राष्ट्रपतिको भ्रमणमा दुई देशबीच धेरै विषयमा सम्झौता भएको थियो । त्यतिखेर बनाइएको दुई देशबीचको संयुक्त आयोग परिचालन गर्ने बारेमा यो भ्रमणमा छलफल भयो ।
आयोग बृहत्तर एजेन्डासँग सम्बन्धित छ । जस्तो- दुईपक्षीय आर्थिक प्याकेज, स्वास्थ्य र शिक्षाजस्ता विषय यसमा पर्छन् । श्रीलंकामा स्वास्ग्य र शिक्षा निःशुल्क छ । श्रीलंकाले प्रत्येकपटक नेपालको स्वास्थ्य र शिक्षा प्रणाली विकास गर्न सहकार्यको आग्रह गर्दै आएको छ । यी विषयमा यो भ्रमणमा विस्तृत कुराकानी भयो । हामीले श्रीलंमा र नेपालमा रहेका दुई भिन्न-भिन्न परिषदलाई पनि सक्रिय पार्नेबारे कुराकानी गर्यौं । मलाई विश्वास छ, यी चाँडै पूरा हुनेछन् ।
त्यसैगरी हामीले 'श्रीलंका ब्युरो अफ इन्भेस्टमेन्ट'का बारेमा पनि छलफल गर्यौं ।
यसले सन् ८० को दशकमा ठूलो लगानी गरेको छ । यो श्रीलंकामा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन पूर्णरूपमा सफल भएको छ । नेपाल पनि
यतिखेर प्रत्यक्ष विदेशी लगानीलाई प्रोत्साहन गर्ने प्रक्रियामा छ । यो यस्तो क्षेत्र हो, जहाँ श्रीलंका उपलब्धिमूलक ढङ्गले नेपालसँग समन्वय गरी काम गर्न सक्छ ।
यो भ्रमणमा वातावरणीय मुद्दामा पनि बृहत छलफल भयो । वातावरण परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धि लगभग सबै देशका लागि खतरा बनिरहेको छ । तटीय मुलुकहरू डुबानको खतरामा छन् भने हिमनदी पग्लने समस्या पनि बढ्दो छ । यसको परिणाम ज्यादै भयानक हुने भएकाले हामीले वातावरण परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिमा सार्कको अडानबारे कुराकानी गर्यौं । किनभने वातावरण परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिबारे डिसेम्बरमा डेनमार्कको राजधानी कोपनहेगनमा 'कोपनहेगन रिभ्यु कन्फरेन्स' हुँदैछ ।
हामीले छलफल गरेको अर्को मुद्दा आतंकवाद हो । शौभाग्यवश श्रीलंकाले आतंकवादलाई परास्त गरेको छ । तर आतंकवाद प्रत्येक देशका लागि खतरा हो । त्यस विरुद्ध लड्न अझ सहकार्य बढाउन आवश्यक छ ।
यी द्विपक्षीय र बहुपक्षीय बाहेक कुनै विशेष क्षेत्रमा द्विपक्षीय छलफल र सम्झौता भएको हो ?
त्यस्तो भएन । तर संयुक्त आयोग परिचालन गर्ने सहमति भयो । राष्ट्रपतिको भ्रमणमा सम्झौता भइसकेकै विषयमा हामी केन्दि्रत रह्यौं । त्यसको प्रभावकारी र मूर्त कार्यान्वयन गर्ने विषयमा छलफल केन्दि्रत रह्यो ।
काठमाडौं-कोलम्बो सिधा उडानबारे के छलफल भयो ? कहिले सुरु हुँदैछ ?
यो यस्तो विषय हो, जुन हामी प्रत्येक भेटघाटमा उठाउँछौं । तर यसपटक उडान छिट्टै सुरु हुन्छ । श्रीलंकाको हवाइसेवा यतिखेर उडान सुरु गर्नेसम्बन्धी अन्तिम तयारीमा छ । यसबाट नेपाल-श्रीलंका सम्बन्ध अझ विकास हुन्छ । यसबाट नेपालमा आउने बौद्ध भिक्षुको संख्या बढ्नेछ, किनभने लुम्बिनी बुद्ध जन्मेको ठाउँ हो । प्रत्येक वर्ष करिब ४० हजार श्रीलंकाली पर्यटक नेपाल आउँछन् । सिधा हवाई सम्बन्ध स्थापित भएपछि यो संख्यामा वृद्धि हुनेमात्र होइन, नेपाली पर्यटक पनि श्रीलंका जान अभिप्रेरित हुने विश्वास छ ।
हामीले लुम्बिनीमा तीर्थयात्री बस्ने एउटा घर निर्माण गरिरहेका छौं । त्यसलाई छिट्टै निर्माण गरिसक्छौं भन्ने आशा राखेका छौं । बहुपक्षीय सम्झौतामा आधारित रहेर लुम्बिनीमा विकास पुर्याउन सकिनेबारे समीक्षा गरिनेछ र दुवै पक्षको हितलाई ध्यानमा राखिनेछ ।
युद्धको बेला पनि श्रीलंकामा पर्यटन उद्योगमा
त्यस्तो गिरावट आएको देखिएन ? कसरी दिगो रहन सक्यो ?
श्रीलंकामा पर्यटन विकास हुनमा धेरै कारण छन् । पहिलो, श्रीलंकाको सुन्दर प्राकृतिक सम्पदा हो । दोस्रो, हामी ज्यादै थौरै गि्रनहाउस ग्यास उत्सर्जन गर्छौं । हामीले यसलाई श्रीलंका प्रदूषणरहित, प्राकृतिक र सुन्दर छ भनेर विश्वभर अधिकतम प्रचार गर्यौं । त्यसैगरी हामीले हाम्रा ऐतिहासिक सहर र प्राचीन सम्पदालाई प्राथमिकतामा राख्यौं, जसले पर्यटन उद्योग विकास गर्न योगदान दियो । वन्यजन्तुका लागि पनि श्रीलंका पर्यटकको गन्तव्यस्थल हो । श्रीलंंकामा जंगली हात्तीको सबैभन्दा ठूलो बथान छ । पछिल्लोपटक श्रीलंकाको तटीय क्षेत्रमा पाइने ह्वेल माछा पनि पर्यटकको आकर्षण बन्न थालेको छ । हामीसँग ठूला जंगली जनावरमात्र होइन, ठूला जलचर पनि छन्, जसबाट हामीले फाइदा लिएका छौं ।
श्रीलंका र नेपालका बीचमा दुई कुरा महत्त्वपूर्ण छन् । नेपालसँग संसारकै अग्ला हिमाल छन् । श्रीलंकासँग ९ सय माइलभन्दा लामो सुन्दर समुद्री
किनार -बिच) छन् । दुई देशले यसबाट फाइदा
लिन सक्छन् ।
समुन्द्रदेखि हिमालसम्मको ँप्याकेज टुर’ बनाउने योजनाबारे छलफल भइरहेको हो ?
यो यस्तो कुरा हो, जुन हामी भविष्यमा
विकास गर्न सक्छौं । द्वन्द्वका बाबजुद श्रीलंकाको पर्यटन उद्योग विकास गर्नसकेकोमा हामी खुसी छौं । हामीले सुन्दर सम्पदाप्रति पर्यटकको ध्यानाकर्षण गराउन सक्यौं । यो कुरा नेपालका लागि पनि मिल्दोजुल्दो छ । नेपालमा सुन्दर र अग्ला हिमाल छन् ।
भ्रमणमा दुवै देशमा विकसित राजनीतिक विषयमा छलफल भयो कि ?
म नेपालका आन्तरिक विषयमा प्रतिक्रिया जनाउन र कुराकानी गर्न चाहन्न । तर हाम्रो समस्याको बारेमा कुराकानी गर्न सक्छु । हामीसँग सुरुदेखि नै तमिल र एलटीटीईबीच द्वन्द्व थियो । एलटीटीई आतंकवादी समूह थियो, जसलाई हामीले सैनिकको सहायता लिएर तह लगायौं । हामीलाई राम्ररी थाहा छ, सर्वसाधारण तमिल हाम्रा जनता हुन् । तिनीहरू हाम्रो जनसंख्याको हिस्सा हुन् । उनीहरूलाई राजनीतिक रूपमा सम्बोधन गरिनेछ । उनीहरूसँग भएको समस्यालाई पनि राजनीतिक रूपले हल गरिने प्रयास भइरहेको छ । मलाई लाग्छ, हाम्रो त्यही प्रयासले धेरै काम गर्यो । किनभने धेरै तमिलहरूले अन्ततः एलटीटीईलाई साथ दिएनन् र सरकारी सुरक्षाको घेराभित्र आए । त्यसरी एलटीटीई बिस्तारै घट्दै र एक्लिँदै गयो । त्यो हाम्रोलागि धेरै महत्त्वपूर्ण सावित भयो ।
सुरुमा उनीहरूलाई द्वन्द्व त्याग्न लगाएर प्रजातान्त्रिक राजनीतिमा ल्याउन निरन्तर प्रयास गर्यौं । तर हाम्रो प्रयास सफल भएन । त्यस्तो अवस्था असह्य हुनु स्वाभाविक थियो । एउटा आतंकवादी संगठनले श्रीलंकाको भूभाग कब्जा गरेको हाम्रोलागि सह्य भएन । वार्ताको माध्यमबाट शान्तिपूर्ण रूपमा द्वन्द्वबाट निकाल्न हामीले खुब प्रयत्न गर्यौं । तर सफल नभएपछि हामीले एलटीटीईलाई थप मौका दिन चाहेनौं । एलटीटीईले पनि आतंकवादी गतिविधि जारी राख्यो । जिम्मेवार र प्रजातान्त्रिक चुनावी प्रक्रियाबाट निर्वाचित सरकारको हैसियतले हामीले त्यो समस्या सम्बोधन सैनिक प्रयोग गरेर गर्नैपथ्र्यो ।
तपाईंलाई लाग्छ, युद्ध र हिंसा सधैंका लागि पराजित भयो ?
विशेषगरी विदेशी मित्रहरूले धेरैपटक एलटीटीई विरुद्ध सैनिक प्रयोग गर्नु हुँदैन भने । त्यसो गरे पराजय व्यहोछौर्ं पनि भनियो । वास्तवमा सन् २००२ को अन्तर्राष्ट्रिय मध्यस्थताले पनि समस्या समाधान भएन । एलटीटीई शान्तिपूर्ण समाधानमा आउँछ भन्ने आशा पूरा भएन । एलटीटीईले सम्झौता गर्न चाहेन । बरु अरू क्षेत्रमा पनि कब्जा गर्न थाले । भन्दा दुःख लाग्छ, हामी सन् २००९ मा युद्धमा होमिन र सैनिक समाधान खोज्न त्यसैकारण बाध्य भयौं ।
एलटीटीई अब समाप्त भएको हो ?
श्रीलंकामा एलटीटीई बाँकी छैन । नेतृत्वसहित सबै ध्वस्त भए । अन्तर्राष्ट्रिय रूपमा केही आलोचनात्मक हल्ला हुनसक्छन् । हामीलाई लाग्छ, त्यस्ता कुराहरू विस्तारै हराउनेछ । हामी प्रजातान्त्रिक मूल्य र मान्यतामा प्रतिबद्ध छौं । तमिललाई अल्पसंख्यक हाम्रो जनसंख्याको हिस्साको रूपमा सम्मान गरिनेछ । उनीहरूलाई समान अधिकार दिइनेछ । उनीहरूको स्वार्थको रक्षा गरिनेछ ।
तमिल समुदायलाई सम्बोधन गर्ने कुनै विशेष
योजना छ ?
हामी तमिल समुदाय र तमिल राजनीतिक दलहरूसँग छलफल गरिरहेका छौं । आशा अनुरूप सबैले श्रीलंकाको प्रजातान्त्रिक प्रक्रियाको हिस्सा बन्न इच्छुक रहेको बताएका छन् । हामी सबै प्रजातान्त्रिक श्रीलंकामा अटाउन सक्छौं ।
प्रेस स्वतन्त्रता र मानवअधिकार हननको मुद्दा युरोपेली संघ र अमेरिकाले निकै उठाए । वास्ता गर्नुभएन नि ?
त्यो दुर्भाग्य हो । म इराक र अफ्गानिस्तानको सन्दर्भ कोट्याउन आवश्यक ठान्दिन । म ठूलो संख्यामा सर्वसाधारण हताहत भएको र मारिएको सन्दर्भ उल्लेख गर्न आवश्यक ठान्दिन । श्रीलंकाले सुरुदेखि नै नागरिक नेतृत्वको नीति लिँदै आएको छ । त्यसका लागि सम्भव भएसम्मको प्रयत्न पनि गर्दै आएको छ । म विश्वस्त छु, सरकारले आफ्नो दायित्व निर्वाह गरेको छ । तर अन्तिम युद्धमा धेरै सर्वसाधारणको हताहत भएको आरोप लगाइएको छ, जुन गलत हो । आरोपलाई तथ्यमा परिणत गरिनुहुन्न । यो युद्धका बेला एलटीटीईले उछालेको प्रपोगन्डा र आरोप हो । सर्वसाधारणलाई नोक्सान नपुर्याउने विषयमा हामीले पूर्ण सावधानी अपनाएका छौं । श्रीलंका प्रेस र वाक स्वतन्त्रताको सम्मान गर्ने मुलुक हो । हाम्रो संविधानमै त्यस्तो व्यवस्था छ । युद्धको बेला सञ्चारकर्मीलाई भएको क्षति राज्यसत्तासँग जोड्न मिल्दैन । तपाईँ श्रीलंका जानुभयो भने देख्नुहुनेछ, त्यहाँ ७० भन्दा बढी मिडिया छन् । त्यसमध्ये ४ मात्र सरकारी नियन्त्रणमा छन् । बाँकी सबै स्वतन्त्र छन् । सन्डे न्युजपेपरमात्र पढ्नुभयो भने तपाईँले थाहा पाउनुहुनेछ, मिडिया कति स्वतन्त्र छन् भनेर ।
युद्ध जितेर श्रीलंकाले विश्वलाई के सन्देश दिन सफल भयो ?
सन्देश हो- प्रत्येक देशसँग समस्याको प्रकृतिअनुसार समाधानको आ-आफ्नै उपाय हुन्छ । श्रीलंकाले यही प्रमाणित गरेको छ । के ख्याल गर्नुपर्छ भने श्रीलंकाले पूर्ण विश्वासका साथ एउटा विधि अवलम्बन गर्यो र जनतालाई नोक्सान नपुर्याउनेमा ध्यान दियो । त्यसैको परिणाम आज एलटीटीई अस्तित्वमा छैन । श्रीलंका सरकार यो सफलतामा गर्व गर्छ ।
तपाईँलाई लाग्दैन, अब श्रीलंकामा फेरि विभिन्न खाले हिंसा फरक रूपमा जन्मन सक्छन् ?
हाम्रो समाज आपसी सद्भावमा पूर्ण विश्वास गर्छ । दुई हजार पाँच सय वर्षदेखि नै त्यस्तो सद्भावमा चलेको छ । त्यसकारण हिंसाको पुनर्जन्म हुने सम्भावना ज्यादै कम छ । सरकारले पनि जनतासँग राम्रो व्यवहार गर्दै आएको छ । सहानुभूतिपूर्वक उनीहरूको समस्या सम्बोधन गर्दै आएको छ । जनतालाई गएको ६०/७० वर्षदेखि निःशुल्क शिक्षा प्रदान गरेको छ । उनीहरूले निःशुल्क स्वास्थ्यसेवा पाएका छन् । बालबालिकालाई विद्यालयमा युनिर्फम, औषधी र खाना निःशुल्क दिइएको छ । हाम्रो सरकारले कृषकलाई मलमा अनुदान दिएको छ । जनतासँग यसरी मायालु व्यवहारमा प्रस्तुत हुने सरकार हुँदाहुँदै हाम्रो
समाज पुनः हिंसामा र्फकने सम्भावना ज्यादै कम छ भन्ने लाग्छ ।
द्वन्द्वको बेलामा पनि श्रीलंकामा आर्थिक विकास भएको छ । कसरी सम्भव भयो ?
प्रजातान्त्रिक प्रणाली अपनाएका कारण त्यस्तो सम्भव भएको हो । हाम्रो प्रजातान्त्रिक शासन प्रणालीका कारण हामीसँग राम्रो स्वास्थ्य प्रणाली छ । राम्रो शिक्षा प्रणाली छ । हामीले सन् ८० देखि नै खुलाबजार अर्थतन्त्र अपनायौं । त्यसले ठूलो मात्रामा प्रत्यक्ष विदेशी लगानी आकषिर्त गर्यो । त्यसबाट निरन्तर वाषिर्क ७ देखि ८ प्रतिशतसम्म आर्थिक विकास भयो । द्वन्द्वको अन्त्यसँगै आगामी वर्षमा हाम्रो आर्थिक वृद्धि बढ्नेछ । आतंकवादका बाबजुद हामीले हाम्रो स्रोतसाधन परिचालन
गर्यौं । अब हामी पूर्वाधार निर्माण र विकास परियोजनामा केन्दि्रत भएका छौं । मलाई लाग्छ, हामी धेरै राम्रो गर्नेछौं ।
नेपालको भविष्य कस्तो देख्नुभएको छ ?
मलाई लाग्छ, नेपालले आफ्नो समस्या चाँडै समाधान गर्नेछ । यो ठूलो सम्भावना बोकेको सुन्दर देश हो । यहाँका जनता हेर्दा नेपाल शान्त र समृद्ध देश बन्छ भन्नेमा म ढुक्क छु ।
Posted on: 2009-07-30 20:26:34
No comments:
Post a Comment